एजेन्सी–अमेरिकाको साथ बढ्दो तनावपछि इरानले सन् २०१५को परमाणु सम्झौताअनुसार लागु भएका प्रावधान अब पालना नगर्ने घोषणा गरेको छ।
एक वक्तव्यमा इरानले अब परमाणु सम्बर्द्धनको लागि आफ्नो क्षमता, त्यसको स्तर समृद्धि गर्नका लागि अन्य सामग्री भन्डारण गर्ने, अनुसन्धान वा त्यसलाई विकसित गर्ने कुनै पनि प्रावधान पालना नगर्ने जनाएको छ।
तेहरानमा इरानको मन्त्रिमण्डलको बैठकपछि यो वक्तव्य सार्वजनिक भएको हो। इराकमा अमेरिकी एयर स्ट्राइकमा इरानी जनरल कासिम सुलेमानीको मृत्यु भएपछि मध्यपूर्वमा युद्ध मडारिने आशंका बढीरहेको बेलामा इरानले पछिल्लो घोषणा गरेको हो। बीबीसी