एजेन्सी–भारतीय विदेशमन्त्री एस जयशंकरले अमेरिकी हवाई हमलामा इरानका सैन्य कमान्डर कासिम सुलेमानी मारिएपछि इरानका विदेशमन्त्री जब्बाद जरिफ र अमेरिकाका विदेशमन्त्री माइक पम्पेओसँग आइतबार कुराकानी गरेका छन्।यसबारेमा भारतका विदेशमन्त्री जयशंकरले ट्विट गर्दै जानकारी गराएको बीबीसीले जनाएको छ।
सबैभन्दा पहिला उनले इरानका विदेशमन्त्री जरिफसँग कुराकानी गरेका थिए।उनले तनावको स्तरलाई लिएर भारत गहिरो चिन्तामा भएको सो अवसरमा बताएका थिए।
यसको केही घण्टापछि जयशंकरले अमेरिकाका विदेशमन्त्रीसँग कुरा गरेको ट्विटमार्फत जानकारी गराएका छन्। उनले अमेरिकी विदेशमन्त्रीलाई भारतको चिन्ताको बारेमा जानकारी गराएको बताएका छन्।
भारतका विदेशमन्त्रीसँगको कुराकानीका बारेमा पम्पेओले पनि ट्विट मार्फत जानकारी दिएका छन् ।उनले इरानको खतरा र उक्सावटलाई लिएर आफूले भारतीय विदेशमन्त्रीसँग कुरा गरेको ट्विटमा जनाएका छन्। उनले भनेका छन्, “ट्रम्प प्रशासन अमेरिकी, उसका मित्र र सहयोगीलाई सुरक्षित राख्नका लागि कुनैपनि काम गर्न संकोच मान्दैन। बीबीसी