काठमाडौं– प्रायः तपाई कम्तीमा पनि ८ घन्टा अनिवार्य सुतेमा राम्रो हुन्छ। सुत्नुपूर्व क्लिन्जिङ, टोनिङ र मोस्चराइजिङ गर्दा राम्रो हुन्छ। हातखुट्टालाई सफा गरी क्रिम प्रयोग गर्दा राम्रो हुन्छ।
व्यायाम– छालालाई स्वस्थ बनाउन कम्तीमा एक घन्टा व्यायाम गर्नुपर्छ। यसबाट रौँछिद्रलाई अक्सिजन प्राप्त हुन्छ, रक्तसञ्चार बढ्छ र तुरुन्त इनर्जी प्राप्त हुन्छ। रौँछिद्रबाट अनावश्यक टक्सिन बाहिर निस्किन्छ। पसिना निस्किनाले छालाको डिप क्लिन्जिङ पनि हुन्छ।
स्वस्थकर खाना– कीटनाशक एवं रासायनिक मल प्रयोग गरी उब्जाइएको तरकारीबाट टाढा रहनुपर्छ। सागसब्जीलाई आधा घन्टा पानीमा भिजाएर त्यसबाट कीटनाशक औषधिको प्रयोग कम गरी पकाउनुपर्छ। कम खाने र तीनपटक मुख्य आहार लिनुको साटो ६ पटक खाना खानु बढी लाभदायक हुन्छ।
स्लिम हुन जे मन लाग्यो त्यही खानुबाट जोगिनुपर्छ। आइरन, भिटामिन बी र सी, जिंक, भिटामिन एयुक्त पौष्टिक खाना खानुपर्छ। जंकफुडबाट टाढा रहनुपर्छ। फाइबरयुक्त खानाले पेटलाई सफा राख्छ र छालामा चमक प्रदान गर्छ।
यी कुरालाई ध्यानमा राख्नुहोस्ः
कम्तीमा ८ घन्टाको निद्रा, एक घन्टाको व्यायाम, धुम्रपानरहित जीवन, थोरै पनि समस्याका लागि एलोपेथिक औषधिको साटो आयुवेदिक औषधिको प्रयोग गर्नु पर्छ। बढीभन्दा बढी अर्गानिक फुडको प्रयोग, तनावमुक्त हुने र खुसी जीवनको प्रयास, पर्याप्त मात्रामा पानी तथा तरल पदार्थको सेवन र सन्तुलित आहार खानुपर्दछ।