काठमाडौं– कराँतेकी बिमला तामाङले अमेरिकामा स्वर्ण हात पारेकी छिन्। उनले न्युयोर्क्स्थित वेस्टचेस्टरमा भएको इजिआई इन्टरनेसनल ओपन च्याम्पियनसिप २०२० को एकल कातामा स्वर्ण जितेकी हुन्।
विमलाले फाइनल खेलमा अमेरिकाका खेलाडीलाई पछि पारेकी हुन्। स्पर्धामा अमेरिकाका विभिन्न क्लबसँगै विभिन्न राष्टहरुको सहभागिता रहेको थियो। इलाईट स्पर्धामा अमेरिकाका उत्कृष्ट खेलाडीहरुले प्रतिस्पर्धा गर्ने गर्दछन्।
विमला ती खेलाडी हुन् जसले इन्चोन एसियाड २०१४ मा नेपाललाई पदकविहीन हुनबाट जोगाएकी थिइन्।