एजेन्सी– अमेरिकी हमलामा इरानका कमान्डर जनरल कासिम सुलेमानीको हत्यापछि इरान र अमेरिका एक अर्का्विरुद्ध खनिएका छन्।
आइतबार राष्ट्रपतिले इरानलाई विल्कुल नयाँ हतियारले हमला गर्ने धम्की दिए। अन्तर्रा्ष्ट्रिय मिडियामा प्रकाशित खबरका अनुसार त्यसको केही बेरपछि इरानले ट्रम्पको टाउकोको मूल्य तोकेको छ। यसका लागि ८० मिलियन डलर (लगभग ९ अर्ब रुपैयाँ) तोकिएको हो।
ट्रम्पको टाउकोको मूल्य तिर्न इरानीले गर्नेछन् दानः
जनरल सुलेमानीको अन्तिम संस्कारको क्रममा एक संस्थाले इरानका सबै नागरिकलाई एक डलर दान गर्न अपिल गरेको छ। ट्रम्पको टाउकोको बदलामा राखिएको ८० मिलियन डलर जम्मा गर्नका लागि संस्थाले सबै इरानी नागरिकलाई दान गर्न अपिल गरेको छ। मसादमा जतिबेला सुलेमानीको शोक सभा आयोजना गरिएका बेला इरानी संस्थाले यो घोषणा गरेको हो।