काठमाडौं– प्रायः मानिसहरु सुन्दर र आकर्षक बन्नको लागि अनेकौ मेकअप गर्दछन्। तर मेकअपले मात्रै सुन्दर बन्न सकिदैन्। त्यसका लागि आज हामी केही जानकारी यहाँ प्रस्तुत गर्दैछौंः
– अनुहार गर्दनका साथै हात खुट्टामा मस्चराइजर गर्नुहोस् यसले तपाइँको छालामा भएको चाउरीपन हटाउन मद्दत गर्छ, प्रशस्त मात्रामा पानी पिउने गर्नाले शरीरका बिकार तत्व बाहिर निकाल्न मद्दत गर्छ र त्वचा आकर्षक र सुन्दर बनाउन मद्दत पुग्दछ।
– नियमित रुपमा सफा पानीले अनुहार धुने गर्नुपर्छ। दिनमा कम्तिमा ३ देखि चार पटक फेशवासले अनुहार धुने गरेमा अनुहारमा धूलो तथा फोहर जम्न पाउदैन, दैनिक रुपमा टोनरको प्रयोेग गर्नुहोस् यसले त्वचाको चिल्लोपन हटाउन मद्दत गर्छ।
– दैनिक रुपमा स्याम्पुले कपाल धुने र सुहाँउदो अनुसार समय समयमा कपाल काट्ने गर्नाले तपाइँ सुन्दर र आकर्षक देखिनुहुन्छ, बाहिर जाँदा घामबाट बच्नका लागि सनस्क्रिनको प्रयोग गर्नुहोस्। यसले तपाइँको अनुहारलाई घामको किरणबाट बचाउँछ र प्राकृतिक रुपमा सुन्दर र स्वस्थ बनाउँछ।
– नियमित रुपमा तातो पानीमा कागतीको रस राखेर पिउने गर्नाले त्वचामा चमकता पैदा गर्न मद्दत गर्छ, यसका साथै नियमित रुपमा स्वस्थ र मौसम अनुसारका ताजा फलफूलका साथै हरिया सागसब्जीको सेवन गर्नु जरुरी हुन्छ। साथै प्रशस्त निदाउनु स्वास्थ्य तथा सुन्दरताका लागि फइदाजनक हुन्छ।