एजेन्सी– भारत र श्रीलंकाबीचको टी–२० क्रिकेट सिरजि अन्तर्गको पहिलो खेल रद्ध भएको छ। सबै तयारी सम्पन भई टस भइसकेको अवस्थामा वर्षाका कारण खेल अवरुद्ध भएको हो।
गुहाटीमा हुन लागेको उक्त खेल रोकिएपछि भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) को भारतमा चर्को आलोचना भइरहेको बताइएको छ। हजारौं दर्शक खेल हेर्न रंगशाला पुगेपनि उनीहरु निराश भएर फर्किएका छन्।
बीसीसीआईले खेलमा वर्षा हुन सक्ने कुरालाई पहिले नै ध्यानमा राखेर पूर्व तयारी गर्नुपर्ने थियो तर त्यसाे हुन सकेन। विश्वका क्रिकेट बोर्डमध्ये सबैभन्दा धनी र व्यवस्थित मानिएको बीसीसीआईले नै यस्तो कुरामा ध्यान नदिनु दुखद कुरा भएको जनाइएको छ।