एजेन्सी– आइतबार साँझ नकाबधारी समूहले भारतको भारतको नयाँदिल्लीस्थित जवाहरलाल नेहरु विश्वविद्यालय (जेएनयू)मा आक्रमण गर्दा १८ जना घाइते भएका छन्। उक्त आक्रमणमा जेएनयू छात्र संघका अध्यक्ष आईसी घोषसहित १८ विद्यार्थीहरु घाइते भएका हुन्।
प्रत्यक्षदर्शीले ५० जनाभन्दा बढी आक्रमणकारीहरु मुखमा माक्स लगाएर हातमा रड र लठ्ठी बोकेर क्याम्पस र छात्राबासमा घुसेर आक्रमण गरेका बताएका छन्। घाइतेहरुलाई उपचारको लागि अस्पताल सात वटा एम्बुलेन्स बोलाएर लगिएको थियो।
प्रहरीले अहिले स्थिति नियन्त्रणमा लिएको छ। जेएनयूको मुख्य गेटमा उल्लेख्य संख्यामा प्रहरीहरु तैनाथ छन्। विश्वविद्यालय प्रशासनले आक्रमणको निन्दा गर्दै दोषी पहिचान गरी कारबाही गर्न प्रहरीसमक्ष माग राखेको छ।
गृहमन्त्री अमित शाहले पनि घटनाको अनुसन्धान गरी आवश्यक कदम चाल्न निर्देशन दिएका छन्।