काठमाडौं– मासुमा हुने बोसो स्वास्थ्यका लागि त्यति राम्रो मानिँदैन। तर सबै बोसो हानीकारक हुँदैन, बोसोमा पाइने तत्वले क्यान्सरको जोखिम कम गर्न र क्यान्सरको संक्रमण भइसकेको लाई त्यसको फैलिने दर सुस्त बनाउन सहयोग गर्छ। माछामा पाइने बोसोले क्यान्सरको जोखिम कम गर्न तथा क्यान्सरको संक्रमण भएकाहरुमा फैलिने दर सुस्त गर्न सहयोग गर्दछ।
माछाको बासोमा ओमेगा–थ्रीः
ओमेगा–थ्रीको प्रमुख स्रोत माछाको बासो हो। यसले गर्दा माछाको तेल विशेष गरि यसले स्तन क्यान्सरको जोखिम कम गर्दछ। माछाको तेल ओमेगा–थ्रीको प्रमुख स्रोत हो। माछाको बासोमा यो प्रमुख मात्रामा पाइन्छ। यस्तै ओखर, सागपात, आलसमा पनि ओमेगा–थ्री पाइने छ। यस्ता ओमेगा–थ्री पाइने खानेकुरा नियमित सन्तुलन मिलाएर खाएमा क्यान्सरको जोखिम कम हुने गर्दछ। यस्तै बजारमा माछाको तेलको ट्याबलेट पाइने भएकाले त्यो पनि प्रयोग गर्न सकिन्छ।