एजेन्सी– अमेरिकाको बेभरी हिल्टन होटलमा भर्खरै सम्पन्न ‘गोल्डेन ग्लोब्स अवार्ड’ मा साम मेन्डिस निर्देशित ‘१९१७’ सर्वोत्कृष्ट सिनेमा घोषित भएको छ। ‘१९१७’ ले ड्रामातर्फको अवार्ड हात पारेको हो। यसैगरी म्यूजिकल वा कमेडीतर्फको अवार्ड भने लियोनार्दो डि क्याप्रियो तथा ब्राड पिट स्टारर ‘वानस अपन अ टाइम इन हलिउड’ ले जितेको छ। यसैगरी सर्वोत्कृष्ट निर्देशकको अवार्ड ‘१९१७’ बाट साम मेन्डिसले जिते।
त्यसैगरी ‘द प्यारासाइट’ ले सर्वोत्कृष्ट विदेशी भाषाको सिनेमा घोषित हुँदा ‘वान्स अपन अ टाइम इन हलिउड’ ले उत्कृष्ट पटकथाको अवार्ड जितेको छ। यस्तै ड्रामातर्फको सर्वोत्कृष्ट अभिनेत्री तथा अभिनेताको अवार्ड क्रमशः रेनी जेलवेगर र जक्वीन फनिक्सले ‘जुडी’ तथा ‘जोकर’बाट जितेका छन् भने ‘म्यूजिकल वा कमेडी’ तर्फको अवार्ड भने अक्वाफिनाले ‘द फेयरवेल’ बाट जितेकी छन् भने टारोन एगर्टनले ‘रकेटम्यान’बाट जितेका छन्।
यस्तै सहायक भूमिका लागि ‘वान्स अपन अ टाइम इन हलिउड’ बाट ब्राट पिटले अवार्ड जित्दा अभिनेत्री तर्फको अवार्ड भने ‘म्यारिज स्टोरी’ बाट लाउरा डेर्नले जितेकी छन्। यसैगरी एनिमेसनतर्फ भने ‘मिसिङ लिकं’ सर्वोत्कृष्ट भएको छ। कार्यक्रम एकदमै भब्य रुपमा सम्पन्न भएको थियो।