काठमाडौं– सुडान घोटालाका ठेकेदार शम्भु भारती जेलमुक्त भएका छन्। घोटाला काण्डका मुख्य दोषी भारती डिल्लिबजार कारागारबाट थुनामुक्त भएका हुन्।
भारती निर्माण कम्पनी अस्योर्ड रिकस लिमिटेड, लन्डनका प्रतिनिधि तथा भगवती ट्रेडर्स सञ्चालक थिए। उनले सोहि कम्पनीबाट खरिद भएको सामानमा अनियमितता गरेको तथ्यहरु सार्वजनिक भएका थिए।
त्यसपश्चात् उनलाई १२ भदौमा प्रहरीले पक्राउ गरेको थियो। उनलाई सर्वोच्च अदालतले दोषी ठहर गर्दै १४ करोड २० लाख रुपैंया बिगो र जरिवानासहित एक वर्षको जेल सजाय सुनाएको थियो।