एजेन्सी– नङ आकर्षणका लागि पाल्ने गरिन्छ। नङको रंगको आधारमा पनि स्वास्थ्यमा विभिन्न असरहरु हुन्छ। तपाईँ आफनो नङ हेरेर शरीरमा लागेका विभिन्न रोगबारे पत्ता लगाउन सक्नुहुन्छ।
नङको रंग र आकारअनुसार पत्ता लगाउनुहोस,
१.मोटो र पहेँलोः
नङको आकार मोटो हुँदै गएको छ, र लम्बाइ भने बढ्न छोडेको छ भने फोक्सोमा समस्या हुन सक्दछ।
२.पातलो र फुट्नुः
नङ पातलो हुँदै गएको छ ,पानीमा हात डुबाउँदा नङ टुक्रिने, चिरिने, रुखो भएको छ भने थाइराइड टेस्ट गर्नुहोस्। यस्तो अवस्थामा थाइराइड नङ जराबाट निस्किन सक्छ।
३.फिका र सेतोः
यदि नङको वरिपरि गाढा सेतो देखिएमा कलेजोको समस्या भएको मान्न सकिन्छ,जस्तै हेपाटाइटिस। यस्तो वेला अत्यधिक आइरन पाइने खानेकुराको जरुरत पर्दछ।
४.गाढा निलोः
निलो रंगले देखिने नङले शरीरमा अक्सिजनको कमी भएको भनेर जनाउँछ। त्यस्तो रंगको नङ देखिएका फोक्सोको समस्या जस्तै इफिसेमा भएको पनि हुनसक्छ।
५.धेरै रातोः
नङको रंग रातो देखिन थालेको छ भने याद राख्नुहोस् हाई ब्लडप्रेसरको संकेत देखियो। यस्तो वेला मुटु जोखिममा रहेको हुन्छ।