एजेन्सी– अष्ट्रेलिया विरुद्धको टेष्ट क्रिकेटमा न्युजिल्याण्डका रोस टेलरले कीर्तिमान बनाएका छन्। टेलर न्युजिल्याण्डको तर्फबाट टेष्ट क्रिकेटमा सबैभन्दा धेरै रन बनाउने खेलाडी बनेका छन्।
उनले न्युजिल्याण्डका पूर्व कप्तान स्टिफन फ्लेमिङको रेकर्ड तोडेका हुन्। सिड्नीमा भएको अन्तिम टेष्ट क्रिकेटमासमेत गरी उनले ९९ टेष्ट खेलमा ७ हजार एक सय ७४ रन बनाएका छन्।
त्यसअघि न्युजिल्याण्डका स्टिफिनले १ सय ११ टेष्ट खेलमा ७ हजार एक सय ७२ रन बनाएर कीर्तिमान बनाएका थिए।