काठमाडौं– लोक गायक पशुपति शर्मा र गायिका राधिका हमाल एक समय दर्शकले अत्याधिक रुचाएको जोडी हो। विशेषत तिज गीतबाट सहकार्य गरेर चम्किएको यो जोडीलाई दर्शकले सधैं सँगै देख्न चाहे। त्यसपछि तिज गीत मात्र नभएर दोहोरी गीतमा पनि उनीहरुले गाएका धेरै गीत चर्चाको शिखरमा छन्। ‘क्याम्पस पढ्न आउने’ गीतले लोक दोहोरी गीतमा पशुपति शर्मा र राधिका हमालको एउटा उचाईँ बनायो। धेरै मेला मोहत्सबमा पनि उनीहरुलाई आयोजकहरुले सँगै निम्त्याउँथे।
चर्चाको शिखरमा रहेको यो जोडीको बिचमा भएको मन मुटाव भएको कारण उनीहरु एक्लै कार्यक्रममा ब्यस्त रहन थाले। दुबैको ब्यस्तता उतिकै रह्यो। खास कारण उनीहरुले मिडियामा ल्याउन चाहेनन्। एकपटक पशुपति शर्माले उहाँले मेरा गीतमा आफूले आवाज दिएको कारण मात्र चलेको ठान्नु भएको रहेछ। तर ती गीतहरु बिष्णु माझी, देवि घर्ती, टिका पुन जसले गाएपनि चल्थे। त्यो सोच्नु उहाँको अहमता हो भनेर बोलेका थिए।
आईतबार रुपन्देहीको तिलोत्तमा उनीहरू एक कार्यक्रममा एकसाथ देखिएका छन्। पशुपतिले आफ्ना धेरै गीतहरु एकल आवाजमा गाएका थिए। त्यसैगरी गायिका राधिका हमालसँग पनि लोकप्रिय गीत ‘क्याम्पस पढ्न आउँने’ उनीहरु दुबै जनाले सँगै गाएका थिए। दर्शकहरुलाई बास्तवमा उनीहरुले भरपुर मनोरञ्जन दिन उनीहरु सफल भए। नेपाली गीत संगीतमा यस्ता घटना नयाँ होईनन्। आगामी दिनमा सधैं एकसाथ देख्न चाहने दर्शहरुको मर्म पशुपति र राधिकाले बुझिदियोस्।