काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ।
सोमबार प्रचण्ड देउवालाई भेट्न उनको निवास बूढानीलकण्ठ पुगेका थिए। उनको साथमा पार्टीका महासचिव विष्णु पौडेल पनि देउवा निवास पुगेका थिए। उक्त भेटमा सत्य निरुपण तथा मेलमिलाप र वेपत्ता छानविन आयोग गठनबारे छलफल भएको बताइएको छ।
छलफलका क्रममा नेताबीच सत्य निरुपण तथा मेलमिलाप आयोग गठन छिटो गठन गर्ने, मिडिया काउन्सिललगायतका विवादास्पद विधेयकबारे कुराकानी भएको थियो।