काठमाडौं– नेपाली बजारमा युवाहरुको मन जित्दै गइरहेको चिनियाँ मोटरसाइकल निर्माता कम्पनी सीएफ मोटोका बाइक गत आर्थिक बर्ष २०७५र७६ को १० महिनामा ४५० भन्दा धेरै यूनिट बिक्री भएको छ।
नेपाली बजारमा केटीएमसँग प्रतिस्पर्धा गरिरहेको यो मोटरसाइकल अहिले बजारमा अत्याधिक रुचाईएको बाइक हो। केटीएम इन्टरनेशनल ट्रेनिङ्गले सीएफ मोटोको १५० एनके, २५० एनके, ४०० एनके, ६५० एनके, ४०० जीटी, ६५० एमटीजस्ता मोटरसाइकल बिक्री गर्दै आइरहेको छ।
एनके मोडलको सबैभन्दा सानो मोटरसाइकल १५० एनके रहेको छ। यसमा १४९ सीसी सिगंल सिलिन्डर, लिक्वीड कूल्ड इएफआई इन्जिन रहेको छ भने यो इन्जिनले ९००० आरपीएम १४ बीएच पावर तथा १२.२ एनएम टर्क जेनेरेट गर्छ। ६ स्पीडको ट्रान्समिसन रहेको यो बाइक १० लिटरको क्षमताको फ्यूल ट्याङ्क रहेको छ।
यो मोटरसाइकलको लम्वाई २०२५ एमएम, चौडाई ७७० एमएम, उचाई १०७० एमएम र यसको ह्वीलवेस १३६० एमएमको रहेको छ। यसको बनावटको आधारमा यो मोटरसाइकल हाइवे तथा सहरी क्षेत्र दुवैका लागि उत्कृष्ट रहेको कम्पनीले जनाएको छ।
यस मोटरसाइकलमा सुरक्षालाई मध्यनजर गर्दै फ्रन्टमा २९२ एमएमको ट्वीन पिस्टन क्यालीपर र रियरमा २२० एमएमको सिगंल पिस्टन क्यालीपर ब्रेक दिइएको छ। १५० एनकेको फ्रन्टमा यूएसडी टेलिस्कोप फ्रर्क र रियरमा सिगंल मोनेशक रहेको छ।
आर्कषक सार्प लुक्स भएको यो बाइकमा एग्रेशिफ हेडल्याम्प, दुई पिस सिट, लो पोजिनश राइडर सिट, स्पोर्टस तथा इकोनोमी राइडीङ अप्सन, एलइडी टेलल्याम्प, ४० किलोमिटर माइलेज जस्ता बिशेषत रहेको छ। यो बाइकको मूल्य नेपाली बजारमा ३ लाख २१ हजार रुपैयाँ रहेको छ।