काठमाडौं– लोकप्रिय गायक तथा सर्जक बसन्त थापा को सांगीतिक यात्रा लोक गायनबाट शुरु भएको हो। पहिलो गीत ‘निलो फेवाताल’ बाट गायन यात्रा शुरु गरेका बसन्तले शुरुवाती दिनमा सफलता पाउन त्यति सजिलो थिएन। राजु परियार र पुरुषोत्तम न्यौपाने जस्ता गाकहरुको बर्चस्व कायम रहेको अवस्थामा नयाँ कलाकारहरुका रचानाले र आवाजले स्थान पाउँन एकदमै कठिनाई थियो। गीत राम्रै भएपनि उनले त्यति ठूलो सफलता पाउन सकेनन्।
त्यसपछि केही समय गीत संगीतबाट अलि टाढिएका बसन्तले फेरि फर्केर लागेपछि उनलाई कहिल्यै पछाडि फर्कनु परेको छैन। अहिले ‘सालको पातको टपरी’ गीतले मात्र चिन्ने दर्शकले हिजोका उनका सफल सृजनालाई नचिनेका हुन सक्छन्। अडियोको जमाना पछि सिआर. बिटी. पिआर. बिटी. हुँदै अहिले यूटुबको समयमा उनका सबै सृजना उतिकै सफल छन्। जोगीको भेसैमा, डाँडै फुर्के सल्लो, बरबर आँशु झर्दा खेरीमा, तिमलाई पछुतो हुने दिन, नजाउ है सानु पँधेरीमा र यस्तै रैछ माया उनका अत्याधिक सफल सृजनाहरु हुन्।
यूटूबको समयको पनि सालको पात, लोभी आँखा र उही खोलीमा पानी जस्ता करोडको भिउज पाउँन सफल गीतहरु हुन्। लोक गायनमा उनका सृजनाले उचाईँ लिएपछि उनी पप गायन, चलचित्र हुँदै म्यूजिक भिडियो निर्देशनमा पनि सक्रिय हुन थालेका छन्। भर्खरै मात्र बजारमा आएको लोकपप गीत ‘उकाली’ मा उनी आफैले अभिनय र निर्देशन गरेका छन्। सम्भोज मल्लको शब्द, संगीत र उनकै आवाजमा रहेको गीतको भिडियोमा बसन्त सँगै ऐश्वर्यले अभिनय गरेकी छिन्।
गीतको भिडियोलाई उनले सक्दो मेहनत गरेका छन्। साथै समग्रमा गीतको निर्देशन र छायाँङ्कन एकदमै राम्रो रहेको छ। बसन्त थापाको अफिसियल यूटूब च्यानलबाट बजारमा उपलब्ध छ।
https://www.youtube.com/watch?v=7PrHvvvBkZo