काठमाडाैं– मोबाइल निर्माताले आफ्ना प्रयोगकर्तालाइ यसको तापक्रम न्युनतम पनि ३२ डीग्री फरेनहाइटसम्म राख्नुपर्छ भन्ने सन्देश दिन्छन्। यसकाे अर्थ अत्यधिक तातो अथवा अत्यधिक चिसो मोबाइल ब्याट्रीको लागि हानिकारक हन्छ भन्ने बुझिन्छ।
यतिबेला नेपालका अधिकांश भूभागमा चिसो मौसम चलिरहेको छ। कतिपय ठाउमा त हिमपात नै भैरहेको छ। अत्यधिक चिसोमा मोबाइलको ब्याट्री चार्ज छिटै सकिन्छ।
यहाँ केही त्यस्ता टिप्स छन्, जसले जाडोमा पनि तपाइंको मोबाइलको ब्याट्री चार्ज केही लामो समय टिकाउन सहयोग गर्छ।
१.मोबाइललाइ शरिरसँग जोडिने गरि अर्थात ज्याकेट अथवा प्यान्टको खल्तीमा राख्नुहोस्। शरिरबाट उत्पन्न हुने तापक्रमले मोबाइललाई तातो बनाइराख्छ। यसले न्युनतम तापक्रम कायम गर्न सहयोग पनि गर्छ।
२.पावर सेभिङ मोड अन गर्नुहोस्। सबै स्मार्टफोनहरुमा पावर सेभिंग मोड राखिएको हुन्छ र तपाईँले यसलाई प्रयोग गरेर ब्याट्री सेभ गर्न सक्नुहुन्छ।
३.चिसो हावाको सम्पर्कमा सकेसम्म पर्न नदिनुहोस्। यसले अनावश्यक ब्याट्री खपत घटाउँछ।