एजेन्सी– सुन्दा पत्याउन गाह्रो हुनसक्छ, तर यो वास्तविक हो। सन् २०११ को फिल्म ‘क्याप्टेन अमेरिकाः द फस्ट एभेन्जर’ फिल्मकी अभिनेत्री आमालाई छुरा प्रहार गरेको अभियोगमा पक्राउ परेकी छन्। प्रहरीका अनुसार नयाँ वर्षको अघिल्लो दिन आमालाई छुरा प्रहार गरेको अभियोगमा अभिनेत्री मोली फिट्जगराल्डलाई कान्सासबाट पक्राउ गरिएको थियो।
अभिनेत्री मोलीकी आमा पेट्रसिया फिट्जगराल्ड कान्सासस्थित घरमा मृत अवस्थामा फेला परेको प्रहरीले सार्वजनिक गरेको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको थियो। अनलाइन अदालतको रेकर्डअनुसार अभिनेत्री मोलीलाई हिरासतमा राखेर हत्याको अभियोग लगाइएको छ।
‘घटनाबारे जानकारी पाएलगत्तै त्यहाँ पुग्दा गडबड देखियो। ६८ वर्षीय पेट्रसियाको शरीरमा छुरा प्रहारपछिका घाउहरू थिए,’ विज्ञप्तिमा उल्लेख गरिएको छ। ‘क्याप्टेन अमेरिका : द फस्ट एभेन्जर’ मा सानो भूमिकामा देखिएकी अभिनेत्री मोली सन् २०१८ को ‘ट्रबल इज माइ बिज्नेस’ फिल्ममा देखिएकी थिइन्। यो कुरा अहिले सामाजिक सञ्जालमा सबैको चासोको बिषय बनेको छ।