एजेन्सी– हालै अष्ट्रेलियाका वैज्ञानिकहरुको नेतृत्वमा अन्तराष्ट्रिय अनुसन्धान टिमले लिथियम सल्फर ब्याट्रि विकास गरेको छ। अनुसन्धानकर्ताहरुले लामो समयसम्म चार्ज टिक्ने ब्याट्रिको विकास गरेका हुन्।
जसले एउटा स्मार्टफोनलाई निरन्तर पाँच दिनसम्म पावर दिनसक्ने संभावना रहने अनुसन्धानकर्ताहरुले दाबी गरेका छन्। यदि यो नयाँ ब्याट्रि इलेक्ट्रिक भेहिकलमा प्रयोग गरेको खण्डमा १ हजार किलोमिटरभन्दा बढि बिना कुनै चार्ज संचालन गर्न सक्दछ।
गएको शुक्रबार साइन्स एडभान्समा छापिएको जर्नलकाअनुसार अल्ट्रा हाई क्षमताका लि–एस ब्याट्रिले अहिलेको लिथियम आयोन उत्पादनहरुभन्दा अधिक राम्रो क्षमता प्रदर्शन गर्दछ भने वातावरणलाई कम प्रभाव पार्दछ।
सन् १९७० को दशकमा अनुसन्धानकर्ताहरुले पत्ता लागेको डिटरजेन्ट फाउडर प्रोसेसिंगमा पहिलो पटक देखिएको फरक ब्रिजिङ्ग आर्किटेक्चरबाट प्रभावित भएका थिए। उनीहरुले नयाँ इन्जिनियरिंग मेथडको विकास गरे जसले पार्टिकल्सहरुबिच संयोजन गरेर दबाब र स्थिर क्षमता कायम गरे जून यसभन्दा अघिका ब्याट्रिमा देखिएको छैन्।