एजेन्सी– बलिउड कलाकर्मीले के बिषयमा कति बोल्छन् भन्ने कुरा सबैको चासोको बिषय हन पुग्छ। भारतमा विभिन्न समयमा हुने राजनीतिक घटनाक्रमका बिषयमा नाम चलेका बलिउडकर्मीले बोलेको पाइदैन। थोरै मात्र कलाकारले राजनीतिक घटनाक्रमका बिषयमा आफ्नो विचार व्यक्त गर्ने गरेको पाइन्छ।
बलिउड कलाकारले राजनीतिक घटनाक्रमको बिषयमा नबोल्नुको कारण के त? यो बिषयमा नायिका विद्या बालनले आफ्नो भनाई सार्वजनिक गरेकी छिन्। उनले आफूलाई बढी चासो हुने विषयमा मात्र बोल्नु राम्रो भएको उत्तर दिएकी छिन्। विद्याले भनिन्, ‘किन कलाकारहरुबाट हरेक कुरामा प्रतिक्रिया आओस् भन्ने आशा गरिन्छ, मलाई थाहा छैन। यदि आफ्नो रुचिको विषयमा हो भने म आफ्ना धारणाहरु राख्नु सक्छु।
तर, म राजनीतिक विषयमा बोल्न नै चाहान्न। यो बिषयमा मलाई बोल्नु नै छैन।’ बोलेर विवादित बन्नु भन्दा नबोल्नु नै वेश भएको उनको बुझाई छ। उनले अगाडि भनिन्, ‘यस्तो विषयमा बोलेर टाउको दुखाउनु भन्दा त नबोलेको नै ठिक हो। किनभने मैले त्यसमा बोले भने कसैको पक्ष र कसैको विपक्ष हुन सक्छ। त्यसैले मलाई कसैको विपक्ष हुनु छैन।’
यदि राजनीतिको विषयमा बोल्ने हो भने धेरै कुराको ज्ञान राखेर मात्र बोल्नुपर्ने उनले बताएकी छिन्। उनी थप्छिन्, ‘यदि बोलेको कुरामा बहश गर्नु पर्यो भने आफू कमजोर नहुने गरि बोल्नुपर्छ। नत्र आफूले बोलेको कुरामा बहस गर्न सकिएन भने बोल्नु व्यर्थ हुन्छ। यसलाई ठुलो रुपमा बुझेर मात्र बोले राम्रो हुन्छ।’ त्यसैले राजनीतिक बिषय उनको टाउको दुखाईको बिषय नै होईन।