एजेन्सी– इटालियन सिरी ए फुटबलमा युभेन्टसको वर्ष २०२० को पहिलो खेल खेल्दैछ। युभेन्टसले लिगको १८ औं खेलमा घरेलु मैदानमा क्याग्लिअरीको सामना गर्दैछ। खेल नेपाली समयअनुसार साँझ ७ः४५ बजे शुरु हुनेछ।
घरेलु मैदानमा जित निकाल्न सकेको खण्डमा युभेन्टस शीर्षस्थानमा उक्लने छ। आज राति नै हुने अर्को खेलको नजिताले भने अंकतालिकाको स्थान परिवर्तन हुन सक्नेछ।
हाल युभेन्टस १७ खेलबाट ४२ अंक जोड्दै दोस्रो स्थानमा रहेको छ। समान अंक भएको इन्टर मिलान गोलअन्तरमा अघि रहदैँ शीर्षस्थानमा रहेको छ।