वीरगञ्ज– वीरगञ्जको परवानीपुर सडकमा एक युवकको शव फेला परेको छ। अन्दाजी २५ बर्षका युवकको पहिचान भने खुल्न सकेको छैन।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डीएसपी वीरेन्द्र शाहीको अनुसार टाउको र घाँटीमा चोट लागेको अवस्थामा शव फेला परेको छ। उनको अनुसार मृतकको टाउको र घाँटीमा काटेको घाउको चोट छ र घटनास्थलमा प्रारम्भिक अनुसन्धानपछि शव नारायणी अस्पतालमा पोष्टमार्टमका लागि पठाइएको छ।
धारिलो हतियार प्रयोग गरि युवकको हत्या गरिएको प्रहरीको आशंका रहेको छ। आइतबार साँझ स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। युवकको सनाखत हुन बाँकी रहेकाे र घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरीले जनाएको छ।