एजेन्सी– जापानी अटो उत्पादक कम्पनी सुजुकीले आफ्नो रग्ड ह्याच कार ‘हस्टलर’को दोस्रो पुस्ताको गाडी सार्वजनिक गरेको छ। कम्पनीले ल्याएको नयाँ पुस्ताको हस्टलरसँगै पुरानो पुस्ताको हस्टलरको उत्पादन बन्द हुने कम्पनीले जानकारी दिएको हो।
यो नयाँ पुस्ताको हस्टलर पुरानोको तुलनामा केही ठूलो र फराकिलो रहेको कम्पनीले जनाएको छ। सुजुकीको हर्टटेक प्ल्याटफर्ममा तयार गरिएको यो कारमा निकै स्टाइलिस ड्यासबोड प्रदान गरिएको छ। कम्पनीले यसमा ठूलो इन्फोटेन्टमेन्ट सिस्टम र डिजिटल कनेक्टीभिटी प्रदान गरिएको छ।
कम्पनीले यसमा ६६० सीसी क्षमताको रेगुलर र टर्बो चार्ज्ड गरि दुई इन्जिन अप्सन दिएको छ। रेगुलर इन्जिनले अधिकतम ४९ एचपी पावर र टर्बो इन्जिनले ६४ एचपी पावर प्रदान गर्छ। यसमा सुजुकी स्मार्ट हाइब्रिड टेक्नोलोजी प्रयोग भएकाले यसले निकै राम्रो माइलेज दिने कम्पनीले दाबी गरेको छ।
जापानी बजारमा सार्वजनिक भएको नयाँ हस्टलरमा दुई कलरको एक्सटेरियर दिइएको छ। यसको ह्वील र बम्पर मेट ब्ल्याक कलरमा सजिएको छ भने बडीलाई अन्य विभिन्न कलरले सजाइएको छ। यो सानो कारलाई जापानी हाइवेमा गुडाउन योग्य कारको रुपमा बजारमा उतारिएको कम्पनीले उल्लेख गरेको छ।