काठमाडौं– स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनावको मिति तोकिने बताइएको छ। फागुन भित्रै निर्वाचन हुने तय भएतापनि दिन भने एकिन नभएको अवस्थामा अबको एक साताभित्र दिन पनि तोकिने सहमति भएकाे हाे।
त्यस्तै विश्वविद्यालयको प्रांगणभित्र बनेको प्रहरी भवन पनि हटाउने सहमति भएको छ। नेविसंघ त्रिभुवन विश्व विद्यालयका अनुसार एक हप्ताभित्र फागुनमा हुने महाधिवेशनको मिति तोक्ने र एक महिना अगाडि नै कार्यतालिका सार्वजनिक गर्ने सहमति भएको छ।