काठमाडौं– शेयर बजारमा सुधारको सङ्केत देखा परिरहेको बेला दुई सामूहिक लगानी कोष योजना म्युचुअल फण्ड आउने भएको छ।
नेपाल धितोपत्र बोर्डका अनुसार सानिमा बैङ्क र लक्ष्मी बैङ्कको प्रवद्र्धनमा ती योजना आउन लागेका हुन्। ती योजना कूल रु १ अर्ब ८० करोड बराबरको छ।
सानिमा लार्ज क्याप फण्ड नाम दिएको सानिमा बैङ्कको सामूहिक लगानी कोष योजना रु १ अर्ब बराबरको छ। योजनामा कूल १० करोड एकाइ बिक्री गरिनेछ।
यस्तै लक्ष्मी बैंकले प्रवद्र्धन गरेको लक्ष्मी उन्नती कोष योजना रु ८० करोड बराबरका रहेकोे छ। योजनामा कूल ८ करोड एकाइ बिक्री गरिनेछ। ती योजना हाल बोर्डले अध्ययन गरिरहेको छ।
छिट्टै बिक्रीका लागि अनुमति दिइने बोर्डले जनाएको छ। नेपाल स्टक एक्सचेञ्जमा हाल १९ वटा सामूहिक लगानी कोेषको कारोबार भइरहेको छ। रासस