एजेन्सी– टायर निर्माता कम्पनी पिरेलीले एक प्रकारको अनौठो साइबर टायरको विकास गरेको छ। कम्पनीले आधुनिक प्रविधिको सेन्सरको मदतले बाटोको अवस्था थाहा पाउने टायरको निर्माण गरेको हो।
पिरेलीले डिजाइन गरेको यो टायरमार्फत फाइभ जी को मदतले कनेक्ट गरी बाटोको अवस्थाको बारेमा जानकारी लिन सकिने टाइम्स ड्राइभको एक रिपोर्टमा उल्लेख गरेको छ। पिरेली यस प्रकारको टायर बनाउने पहिलो कम्पनी बनेको हो।
पिरेलीको साइबर टायरमा धेरै सेन्सर जडान गरिएको छ। सो टायरले आउने समयमा टायरको मोडल, बाटोमा हुने खतरा, खराब ग्रिप, बाटोमा जम्मा भएको पानीबाट हुन सक्ने दुर्घटनाको बारेमा पनि अवगत गराउने कम्पनीको भनाइ रहेको छ।
यस प्रकारको सेन्सरले बाटोमा जम्मा भएको पानीबाट हुने खतराको बारेमा जानकारी दिन्छ। यसलाई कारमेकर्स, फ्लीट र ड्राइभरलाई सुविधा दिनको लागि तयार पारिएको कम्पनीले दावी गरेको छ।