एजेन्सी– फिनल्याण्डमा विश्वकै कान्छी प्रधानमन्त्रीको रुपमा नवनिर्वाचित सन्ना मरिनले लचिलो कार्यतालिकाको योजना ल्याएकी छन्।
३४ वर्षीया प्रधानमन्त्री मरिनले चार दिनको हप्ता र दिनमा ६ घण्टा काम गर्नुपर्ने नयाँ कार्यतालिका अघि सारेकी हुन। सन्नाले भनेकी छन्, ‘कामदारहरुले आफ्नो परिवारसँग धेरै समय बिताउन्।’
चारदलीय गठबन्धन सरकारको नेतृत्व गर्दै गत महिना सान्ना प्रधानमन्त्री बनेकी हुन्। उनीसँगै गठबन्धनका चारै दलका नेता महिला छन्। जसमध्ये तीनजना ३५ वर्षमुनिका छन्। सान्नाले भनिन्, ‘जनताहरु आफ्नो परिवार, प्रीयजन, चाहना, संस्कृति लगायत जीवनका अन्य पक्षहरुसँग समय बिताउन योग्य छन् भन्नेमा म विश्वस्त छु।’
जुन श्रम जीवनमा अर्को स्तर भएको उनको भनाइ छ। प्रधानमन्त्री बन्नुअघि सान्ना फिनिस सरकारको यातायातमन्त्री थिइन्। त्यसबेला उनी कामदारको उपलब्धि बढाउन ‘वर्किङ डे’ छोट्याउनुपर्ने वकालत गर्थिन्।
फिनल्याण्डमा सातामा पाँच दिन काम गर्नु र दिनको आठ घण्टा काम गर्नु सामान्य मानिन्छ। फिनिस नागरिकलाई थोरै काम गर्ने नियम भएमा उपलब्धिपूर्ण हुने प्रधानमन्त्री सान्नाको तर्क रहँदैआएको छ।