एजेन्सी– सामाजिक सञ्जालमा ‘मिस्टर विन’ नाम एकदमै लोक प्रिय छ। उनकोको भिडियो नहेर्ने कमै होलान्। अझ भनौ उनको भिडियो हेरेर नहाँस्ने कमै होलान्। मिस्टर विनले भिडियोमा कुनै संवाद बोल्दैनन्। उनले नबोली नबोली नै शारीरिक हाउभाउले र विभिन्न उट्पट्याङ क्रियाकलापले दर्शकलाई हसाउने गर्छन्। मिस्टर विनको चलचित्र, छोटा भिडियो, कार्टुन लगायत धेरै खुराकहरु युट्युबदेखि फेसबुकमा प्रशस्तै भेटिन्छन्।
उनले भिडियोमा देखाउने स्टाइलकै कारण उनलाई धेरैले रुचाएका छन्। भिडियो सम्पादन र पृष्ठभूमिको संगीतले पनि उनको भिडियोलाई रोचक बनाउँछ। उनी संसारभर नै चर्चित छन्। मिस्टर विनको भिडियोमा उनी बच्चा जस्तै हर्कत गर्छन्। अनेक झमेलामा पर्छन्। दुःख खेप्छन्। तर, भिडियोको अन्त्यमा जहिल्यै उनी बाठो चाल चल्छन् र झमेलाबाट मुक्त हुन्छन्। उनको भिडियो थिम प्राय यस्तै हुन्छ।
उनले भोगेको झमेला र क्लाइमेक्समा लगाएको जुक्तिले नै दर्शकलाई मनोरञ्जन दिन्छ। दर्शकलाई हाँसोको फोहरा छुटाउँछ। ‘मिस्टर विन’ ले आज आफ्नो ६५ औँ जन्मदिन मनाउँदै छन्। मिस्टर विनको नामले विश्वप्रख्यात बनेका यी कलाकारको नाम भने अर्कै छ। सन् १९५५ मा जन्मिएका उनको वास्तविक नाम रोवान एटकिन्स हो। उनी बेलायतमा जन्मिएका हुन् । सानै उमेरदेखि रमाइलो गर्न रुचाउने उनी जहाँ पनि कमेडी गर्न अगाडि सर्थे। जब रोवान अक्सफोर्ड युनिभर्सिटीमा स्नातोकोत्तर गर्दै थिए सोही समयमा उनले ‘मिस्टर विन’ को कल्पना गरेका थिए।
नबोली पनि दर्शकलाई हसाउन सक्छु भन्ने विश्वास सहित उनले भिडियो निर्माण सुरु गरेका थिए। उनले सोचेको कुरा सफल भयो।‘मिस्टर विन’ ले केही चलचित्रमा पनि काम गरेका छन्। उनले ‘विन’ नामक चलचित्रबाट डेब्यु गरेका हुन्। जुन चलचित्र निकै हिट भएको थियो। उक्त चलचित्रको सफलतापछि उनलाई नै केन्द्रिय भूमिकामा लिएर ‘मिस्टर विन्स होलिडे’ चलचित्र बनाइएको थियो।