काठमाडौं_ अख्तियार दुरुपयोग अनुसन्धान आयोगका २१ जना अधिकारीको दोस्रो ब्याचले भारतको गुजरातको गान्धीनगरस्थित गुजरात फरेन्सिक साइन्सेस युनिभरसिटीमा ‘ठगी, घूसखोरी र भ्रष्टाचार निवारण’ विषयमा ६ दिने प्रशिक्षण सुरु गरेका छन्।
यस प्रशिक्षण कार्यक्रमले नेपाली अधिकारीको क्षमता विकासमा भारतको निरन्तर प्रतिबद्धतालाई पुष्टि गर्ने जनाइएको छ।
यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगकै २१ जना अधिकारीको पहिलो ब्याचले जीएफएसयूमा सोही विषयमा प्रशिक्षण लिइसकेका छन्। रासस