एजेन्सी–अमेरिकाले इरानका विदेशमन्त्री मोहम्मद जाभेद जरिफलाई संयुक्त राष्ट्र संघको न्यूयोर्कस्थित कार्यालयमा जानका लागि भिसा दिन अस्वीकार गरेको छ।
इरानी विदेशमन्त्री आउँदो विहीबार हुने सुरक्षा परिषद्को बैठकमा भाग लिन त्यसतर्फ जाने तयारीमा थिए।
ट्रम्प प्रशासनले सोमबार संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटर्सलाई यसबारेमा जानकारी गराएको छ। न्यूजवीक