एजेन्सी– इरान(अमेरिकी द्वन्द्व उत्कर्षमा पुगेसँगै जापानी येन तीन महिना यताकै उच्च विन्दुमा पुगेको छ। येनसँगै सुन र तेलको मुल्यमा पनि उल्लेख्य वृद्धि भएको छ ।
अमेरिकाले इराकमा गरेको रकेट आक्रमणमा इरानका उच्च सैन्य कमान्डर कासिम सुलेमानी मारिए पछि युद्ध शुरु हुन सक्ने आशंकामा लगानीकर्ताहरु सुन र येनमा आकर्षित भएका हुन्। माग बढेसँगै लगानीकर्ताको सेफ हेभन मानिने सुन र येनको भाउमा वृद्धि भएको हो । कम जोखिमयुक्त मानिने येन शुक्रबार भन्दा १।३ प्रतिशतले महङ्गिएको छ।
जापान विश्वकै सबैभन्दा ठूलो ऋण प्रदायक भएकाले जापानी येनलाई विश्वव्यापी रुपमा मान्य मानिन्छ। येनसँगै स्वीस फ्र्याङ्क पनि बलियो भएको छ भने युरो र पाउण्ड स्थिर रहेका छन्।