काठमाडौं– काठमाडौंको कोटेश्वरमा ट्राफिक व्यवस्थापनमा सबैभन्दा ठूलो समस्या देखीएको छ। धेरैजसो जडिबुटी–कोटेश्वर सडक खण्डमा देखीएको छ। जाम हुँदा बिहान–बेलुकीको यातायात साधनहरु २ देखि ३ घन्टासम्म रोकिनुपर्ने अवस्था रहेको छ।
सरकारले यो समस्या हल गर्ने उपाय सुझाउन जापानी अन्तर्रा्ष्ट्रिय सहयोग नियोगलाई जिम्मा दिएको थियो। सरकारलाई जाइकाले यसबारे प्रारम्भिक अध्ययन पूरा गरी २ महिना अगाडि नै प्रतिवेदन बुझाएको छ। उसको सरकारले प्रतिवेदनमा जाम हटाउनका लागि ३ विकल्प सुझाइएका हुन्।
जाइकाले दिएको पहिलो दुई विकल्प रिंगरोड जोड्ने ठूला पूर्वाधारहरु हुने र दिएको पहिलो विकल्प तीनकुनेपट्टिबाट बालकुमारी जाने रिंगरोडमा फ्लाइओभर बनाउने हो। यो फ्लाइओभर १.३ किलोमिटर लामो हुने अनुमान गरीएको छ। यसको निर्माणका लागी ९ अर्बभन्दा माथी बजेट छुटाउनु पर्ने अनुमान गरिएको छ।
अध्ययनको अनुसार फ्लाइओभर नबनाउने हो भने चोक वारपार हुने गरी सुरुङमार्ग बनाउन सकिन्छ। यो सुरुङमार्ग २ तर्फी प्रस्ताव गरिएको करिब १.२ किलोमिटर लामो हुनेछ। तर यो सुरुङमार्गको निर्माण गर्न फ्लाइओभरभन्दा महँगो पर्नेछ। यसको अनुमानित लागत करिब २४ अर्ब छ। यी दुई फ्लाइओभर वा सुरुङ बनाउँदा रिंगरोडमा गुड्ने सवारी जाममा बस्नुपर्ने छैन भने भक्तपुरतर्फ जाने सवारी पनि निरन्तर आफ्नो बाटोमा गुड्न पाउनेछ।
तर, कोटेश्वरबाट जडिबुटीसम्म जाने साँघुरो सडकखण्डलाई एयरपोर्टतर्फको केही भाग लिएर सडक बनाउन जाइकाले सुझाएको छ। यसो गर्दा जडीबुटीबाट कोटेश्वरसम्मको ‘बोटलनेक’ खुल्नेछ। तेस्रो विकल्प भनेकोे तीनकुनेबाट सीधै जडिबटी निस्कने सुरुङमार्गको निर्माण हो। यो पनि करिब १.२ किलोमिटर लामो हुने अनुमान छ। करिब २४ अर्ब लागतमा दोहोरो सुरुङमार्ग बनाएपछि रिंगरोडलाई अहिलेकै हालतमा छोड्न सकिने जाइकाको अध्ययनले देखाएको छ।
तर, नेपाल नागरिक उड्डयन प्राधिरकणले त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलको मुनिबाट सुरुङमार्ग बनाउन नदिने बताउँदै आएको छ। प्राधिरकणको अनुसार यसले विमानस्थललाई असर पर्न सक्छ। प्राधिकरणले जडिबुटीतर्फको सुरुङ बनाउन नदिए पनि रिंगरोडको दिशामा सुरुङ वा फ्लाइओभर बनाउने विकल्प खुला रहनेछ।
विभागका महानिर्देशक केशवकुमार शर्माले जाइकाले दिएका विकल्पमा हालसम्म के गर्ने भनेर निर्णय नभएको जनाएका छन्। शर्माको अनुसार जाइकासँग थप छलफल गरेर मात्रै यस आयोजनालाई कसरी अघि बढाउने भन्ने निर्णयमा पुग्नेछन्। उनले कूटनीतिक विषय पनि भएकाले छलफलपछि नै विषयहरु बाहिर ल्याउने बताए।
जाइकाको टोलीलाई यी तीनमध्ये उपयुक्त विकल्प छानेर डिटेल डिजाइन गर्न अनुरोध गरिने सडक विभाग स्रोतले जानकारी दियो।