एजेन्सी– एक नयाँ अध्ययनले शरीरको उमेरसंगै बृद्धहुँदै गएको मस्तिष्कलाई जवान र चुस्त बनाउनु छ भने एलिभेटर र लिफ्ट छाडेर सिंडी चढ्ने बानीबसाल्नु राम्रो मानिन्छ। क्यानडामा गरिएको सो अध्ययनले बृद्ध मानिसको मस्तिष्क चनाखो, चुस्त र जवान बनाउन नियमित अध्ययन जतिकै शारीरिक व्यायमलाई पनि ध्यानदिनु पर्ने जनाएको हो।
अनुसन्धानकर्ताले १९ देखि ७९ उमेर समूहका ३३१ स्वस्थ मानिसको मस्तिष्कको एम.आर.आई. (स्क्यान) गरेका थिए। सो क्रममा अध्ययन अध्यापनमा समय बिताउने र सिंडी तथा भर्याङको प्रयोग गर्ने व्यक्तिहरुको बौद्धिक क्षमता अन्यको भन्दा बढी रहेको अध्ययनमा देखियो।
अध्ययन अध्यापनमा ध्यानदिने ब्यक्तिको मस्तिष्कको उमेर अन्यको भन्दा एक वर्ष कम देखियो। त्यसै गरी हरेक दिन कम्तिमा एक पटक सिंडी चढ्ने ब्यक्तिको मस्तिष्कको उमेर लिफ्टरएलिभेटर प्रयोग गर्नेको भन्दा ६ महिना कम रहेको पाईयो।