काठमाडौं — नेपाल विद्युत प्राधिकरणले सुकेधारा, न्यूकोलोनी, ढलाने पुल तथा निलो पुल लगायतका स्थानमा ७ घण्टा विद्युत कटौती गर्ने भएको छ।
चक्रपथ विस्तारका लागि रुख कटान गरिने भएकाले विद्युत कटौति गरिएको जनाईएको छ।
महाराजगन्ज वितरण केन्द्रको ओम फिडरबाट वितरित लाइन बिहान ९ बजेदेखि दिउँसो ४ बजेसम्म कटौती हुने भएको हो।