काठमाडौं– लोकप्रिय गायक,सर्जक, मोडेल र निर्देशक दुर्गा विरही अहिलेका निकै व्यस्त र बहुप्रतिभाशाली कलाकार हुन्। नेपाली गीत संगीतमा छोटो समयमा आफ्नो बेग्लै पहिचान बनाउँन सफल दुर्गाका एकपछि अर्को सृजना बजारमा आईरहेका छन्। केही समय अगाडी ‘पातीले बारेको घर’ गीतमा बरिष्ठ कलाकारहरु सुरविर पण्डित, रमा थपलिया, बरिष्ठ लोक गायिका बिमाकुमारी दुरा, देवि घर्ती र नायिका अन्जली अधिकारीलाई उनले समेटेका थिए।

जुन गीतले अत्याधिक रुपमा दर्शकको मन जित्न सफल भएको थियो। त्यसपछि उनको कामको व्यस्तता बढ्न थालेको छ। भर्खरै मात्र उनको नयाँ गीत ‘झुपडी’ बजारमा आएको छ। दुर्गाकै शब्द, संगीतमा रहेको गीतमा दुर्गालाई गायिका गीत श्रीष मगरले साथ दिएकी छिन्। आशिष अविरलको संगीत संयोजन रहेको गीतको म्यूजिक भिडियो निर्देशन पनि दुर्गाले नै गरेका छन्, भने शोभा त्रिपाठी र निर्मल क्षेत्रीको अभिनय रहेको छ। गीतको भिडियो एकदमै राम्र्रो बनेको छ। आत्म विश्वास फिल्म प्रा.लि. बाट बजारमा उपलब्ध छ।
https://www.youtube.com/watch?v=U2AKOhjNEkg