काठमाडौं– प्रायः मानिसहरु सुन्दर र आकर्षक बन्नको लागि अनेकौ मेकअप गर्दछन्। तर मेकअपले मात्रै सुन्दर बन्न सकिदैन्। त्यसका लागि केही घरेलु उपाय अपनाउनु प्रभावकारी हुन्छ।
चंदन पाउडरः चंदनलाई पिसेर अथवा पेस्ट बनाएर बिस्तारै त्वचामा लगाउने गर्नाले यसले त्वचाको दाग धब्बा हटाइ गोरो बनाउछ।
बेसनः बेसन एक प्राकृतिक र प्राभावकारी फेस प्याक हो। यसलाई दूध या दहीमा मिलाएर थोरै बेसार राखि त्वचामा लगाउने गर्नाले त्वचामा चमक ल्याउछ। यसमा कागती र टमाटर पनि मिलाएर प्रयोग गर्न सकिन्छ।
गुलावः गुलावको पात र दूध मिलाएर बनाएको पेस्ट अनुहारमा लगाउनाले अनुहार चमकदार र गोरो बन्छ।
कागतीः कागतीले छालाको रंग हल्का बनाउछ र छालाको गहिराइसम्म सफा राख्न मद्दत गर्छ र अनुहारको दाग हटाउछ। कागतीको रसमा बेसन र काँक्रोको रस मिलाएर ३० मिनेट सम्म अनुहारमा राख्ने र सफा पानीले धूने गर्नाले तपाईको अनुहार गोरो र चम्किलो बन्छ।
बेसारः काँचो दूधमा बेसार मिलाएर अनुहारमा लगाउनाले केही दिनमै तपाईको त्वचाको रंगमा परिवर्तन ल्याउछ।