photo - online khabar
सिड्नी — अष्टेलियामा पनि नेपाल भ्रमण वर्ष २०२० को उद्घाटन गरिएको छ।
सिड्नीको सर्कुलर क्युवेमा आयोजित एक कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई र न्यू साउथ वेल्स राज्य संसदका सभामुख जोनाथन ओ डीले संयुक्त रुपमा भ्रमण वर्षको शुभारम्भ गरेका हुन्।
सर्कुलर क्युवेमा सड्नीका विभिन्न स्थानबाट नेपालीहरु आ–आफ्नो सास्कृतिक पहिरनसहित आएका थिए।