काठमाडौं– अहिलेका चर्चित मोडल सुनिल क्षेत्री र नायिका अन्जली अधिकारीको नृत्य रहेको लोकपप गीत ‘मन पराउँछौं’ सार्वजानिक भएको छ। गायक राजेश पायल राई र लक्ष्मी आचार्यको आवाजमा रहेको गीतको संगीत संयोजन विनोद बाजुरेलीले गरेका हुन्। डिबी खड्का शब्द रहेको गीतको लय पनि विनोद बाजुरेलीले नै गरेका हुन्।

गीतमा माया गर्ने जोडीले एकअर्कालाई मन पराईसकेपछि भन्न किन डराउँछौं, भन्ने भाव रहेको छ। गीतमा सुनिल र अन्जली एकदमै आधुनिक पोशाकमा देखिएका छन्। सबै प्रकारका गीतमा उतिकै रुचाईएकी नायिका अन्जलीको यो आशा गरिएको लोकपप गीत हो। लक्ष्मी आचार्यको यूटूब च्यानलबाट बजारमा उपलब्ध छ।
https://www.youtube.com/watch?v=wpwl0aIPu0o