काठमाडौं– मानिस जन्मीदा गोरो जन्मे पनि उमेर पुग्दै गएपछी आफ्नो ख्याल नराख्दा मानिसहरु कालो हुने, चाया पोतो आउने लगाएतका समस्याहरु भोगीरहेका हुनछन्। जसका कारण मानिसहरु हैरान भएका हुन्छन्। त्यसले आज हामी तपाईहरुलाई गोरो हुने यस्तो उपाएका बारेमा जानकारी गराउन गईरहेका छाै।
जुन घरमै बसी बसी गोरो बन्न सक्नु हुने छ। सदावहार घरमै प्रयोग हुने सामानहरुलाई मिलाएर छालामा लगाउनाले अनुहारमा गोरोपन आउनुका साथै कालोपन हट्दै जान्छ र केही दिनमा नै तपाइहरुले अनुहारमा सुन्दरता पाउनुहुनेछ।
चंदनको पाउडर र नरिवलको पानीः
अनुहारको लालालाई गोरो बनाउने घरेलु उपाय हो, चंदनको पाउडर र नरिवलको पानी घोलेर लगाउनु। चंदनको पाउडरले छालालाई सफा बनाउँछ र दाग मेटाउन मद्दत गर्छ। यसले मृत कोशिकाहरु समेत हटाउँछ। जसको लागी तपाईले एक चम्चा चंदन पाउडर नरिवलको पानीमा मिलाएर त्वचामा लगाई २० मिनेट पछि सफा पानीले धुनु पर्दछ।
काँक्रो, गुलाबजल र कागतीको रसः
अनुहारको कालोपन हटाउनको लागी काँक्रो, गुलाबजल र कागतीको रसको घोल पनि अर्को उक्तम घरेलु उपाय हो। काँक्रो, गुलाबजल र कागतीको रस मिलाएर अनुहारमा लगाएमा यसले चमक ल्याउछ। यो घोल लगाएको १० मीनेट पछि सफा पानिले पखालनु पर्दछ।
कागतीको रस, दही र गोलभेँडाः
कागतीको रस, दही र गोलभेँडामा रंग बदल्ने गुण हुन्छ। त्यसैले गोलभेँडाको गुदी एक चम्चा, कागतीको रस एक चम्चा र एक चम्चा दहीको घोल लगाउनुहोस्। आधाघण्टा पछि पानीले धुने गरेमा यसले अनुहारमा चमक पैदा हुनुका साथै गोरोपन ल्याउन मद्दत गर्छ। कागतीले अनुहारको दाग हटाउछ, गोलभेँडाले छालाको तैलीयपनको कम गर्छ र दहीले छालामा पोषण दिनुका साथै नरम बनाउँछ।
मेवा र महः
अनुहार गोरो बनाउनको लागी घरेलु उपाय मध्य मेवा र मह उपयुक्त मानिन्छ। मेवामा भएका इम्जाइम्सका कारण यसले छालाको कालोपन हटाउन तथा अनुहारको दाग हटाउन पनि मद्दत गर्छ। भने महले छालालाई नरम र मुलायम बनाउँछ।