काठमाडौं– वैदेशिक रोजगारीको लागि बाहीरिने युवाहरु ठगिने क्रम बढीरहेको छ। सरकारले वैदेशिक रोजगारीलाई व्यवस्थित गर्न नसक्दा युवालाई एजेन्ट र म्यानपावर कम्पनीबाट ठुलो रकम ठगिदै आएका छन्।
चालू आर्थिक वर्ष २०७६–७७ को पहिलो ५ महिनामा मात्र संस्थागत अर्थात मेनपावरले १९ करोड २९ लाख २४ हजार सात सय रुपैयाँ ठगी गरेको दाबी गर्दै युवाहरुले वैदेशिक रोजगार विभागमा ६ सय ७० वटा उजुरी दर्ता गराएका छन्।
विभागको अनुसार पछिल्लो समय संस्थागत भन्दा व्यक्तिगत ठगिका उजुरी धेरै आउने गरेको छ।
विभागमा युवाहरुले विदेश पठाउने नाममा संस्था अर्थात म्यानपावर कम्पनीले ठगी गरेको समस्या लिएर दैनिक २० जनासम्म रोजगार पीडित विभाग धाउने गरेका छन्।