काठमाडौं– बलिउड सुपरस्टार अक्षय कुमारका चलचित्रले बक्स अफिसमा पनि सुपरहिट व्यापार गरिरहेका छन्। अहिले अक्षय कुमारको भाग्य अहिले निकै चम्केको छ। उनी अभिनित ४ वटा चलचित्र एउटै बर्षमा रिलिज हुन्छन्। तर, सबै चलचित्रले हिटको व्यापार पनि गर्छन्। सन् २०१९ मा अक्षयले एउटा नयाँ रेकर्ड कायम गरेका छन्।
एक बर्षमा सर्वाधिक कमाई गर्ने चलचित्रको नायक अक्षय कुमार बनेका छन्। उनी अभिनित ४ वटा चलचित्र गतबर्ष रिलिज भएका थिए। यी चारै चलचित्र सय करोड क्लबमा प्रवेश गरे।उनी अभिनित ४ वटा चलचित्रले भारतीय बक्स अफिसमा ७ सय करोड भन्दा बढी कमाएका छन्। एक बर्षमा कुनै नायकका चलचित्रले गरेको व्यापार यो सवैभन्दा धेरै हो। त्यसैले उनी बर्षकै सफल अभिनेता हुन्।गतबर्ष उनी अभिनित ‘केशरी’ ले १५४ करोड कमाएको थियो।
यस्तै, उनी अभिनित अर्को चलचित्र ‘मिसन मंगल’ ले २०२ करोड कमाएको थियो। अर्को चलचित्र ‘हाउसफूल–४’ ले बक्स अफिसमा १९४ करोड कमाई गरेको थियो। अहिले चलचित्र ‘गुड न्यूज’ रिलिज भइरहेकाे छ। यो चलचित्रले बक्स अफिसमा १७० करोड बढी कमाइसकेको छ। यसैले पनि अक्षयका चलचित्रले एक बर्षमै ७ सय करोड बढी कमाई गरेका छन् यसअघि नायक रणवीर सिंहका चलचित्रले सन् २०१८ मा ५४२ करोडको कमाई गरेका थिए भने सन् २०१५ मा सलमान खानका चलचित्रले ५३० करोडको कमाई गरेका थिए।