झापा– दमक ६ स्थित सिद्धीमार्केटमा रहेको एनआइसी एशिया बैंकले आफनो खाताबाट किर्ते गरि रकम निकालेको झापा, कमल गाँउपालिका वडा नम्बर ५ की जमुना देवी लिम्बुले आरोप लगाएकी छन्। कर्मचारीहरुको मिलेमतोमा आफनो वैंक खाताबाट अनाधिकृत रुपले ६ लाख बढी रकम निकालिएको उनले दावी गरेकी छन्।
आठ महिना अघि आफूले आफनो खाताबाट निकालेको ३० हजारको चेकबाट बैक कर्मचारीले किर्ते गरि ५ लाख रकम निकालिएको र त्यसरी नै त्यस लगत्तै दुई महिना पछि सोहि ढंगले आफनो खाताबाट एक लाख रकम निकालेको उनले बताईन्।
जमुनाका अनुसार घरायसी खर्च निकाल्न गत २०७५ माघ ७ गते बैकमा गएका र आफूले लेख्न नआउने भनेपछि बैंक भित्रकी एक महिला कर्मचारीलाई सहायता माग्दाँ चेक दिएका बखत बेइमान भएको वताईन्। लिम्बुको ००२३३५१४८९ २३० खाताबाट रु ३० हजार झिकेर लगेपनि त्यो चेकमा रु ५ लाख थपेर रकम निकालिएको उनले वताईन्। तर, चेकमा बैकका कर्मचारीले यसरी वदमास गर्लान भन्ने विश्वास नै नभएको उनले सुनाईन्। त्यो पैसा छोरा वकिलको अष्ट्रेलिया अध्ययन जाने रद्द भएपछि त्यस खातामा सो रकम जम्मा भएको थियो । पछि रोजगारीका क्रममा साउदी अरवमा रहेका श्रीमान घरमा आएपछि बैकको रकम हेर्दा त्यस्तो घटना बाहिरिएको पीडित जमुनाले बताइन्।
००२३३५१४८७२३०१ नम्बर चेकबाट ३० हजार निकालिएको सो चेकमा ५ लाख अंक थपेर ५ लाख ३० हजार रकम निकालिएको देखिएको छ। लिम्बूको चेकबुकबाट एउटा चेक निकाली उक्त महिला कर्मचारीले लिम्बूको सहि किर्ते गरि फेरि चेक नम्बर ००२३३५१४८८२३०१ बाट नगद रु १ लाख रुपैयाँ निकालेको पाईएको पीडित लिम्बुले वताइन्।
पीडित लिम्बुका छोरा वकिल ,कमल ५ का वडाध्यक्ष डम्बरबहादुर निरौलाको उपस्थितिमा सञ्चारकर्मीहरुसंग आफनो पीडा सुनाउदै जमुनाले भनिन्, ‘बैंकका कर्मचारीले म सोझासीधालाई गुमराहमा पारेर अवैध ढंगले रकम निकालिएको छ ’ बैकले यसरी ठगी गरे पनि आफनो रकम फिर्ताका लागि कतैबाट सुनुवाई नभएको जमुनाले सुनाईन् । उनले बैंकमा पटकपटक घटनाका बारे जानकारी गराउदाँ आलटाल गरेर झुलाएकाले अहिले आएर आफू वाँध्य भएको न्यायका लागि सवैसंग गुहार माग्नुपरेको बताईन्। यसैवीच हिजो सोमबार पीडितसहित बैकका प्रतिनिधिहरुवीच दमकको इलाका प्रहरी कार्यालयमा घटनाबारे बसेको छलफल विना निर्णय टुंगिएको छ। बैकले चेक प्रकरणमा आफूले नियमानुसार भुक्तानी गरेको भन्दै पन्छिएको छलफलमा सहभागि कमल ५ का वडाध्यक्ष डम्बरबहादुर निरौलाले वताए।
त्यस चेकको अक्षरमा रकमको अंक पूरै केरमेट गरिएकाले पनि बैक कर्मचारीको बेइमान भएको हुन सक्ने सर्वसाधारणको बुझाई छ । बैकले केरमेट चेकलाई नियम विपरीत जारी गरेर खातावालालाई ठग्नेमा आशंका भएको वडाध्यक्ष निरौलाले बताए। बैंकसंग आफूसहित गाँउपालिका उपाध्यक्ष बेणु शिवाकोटीका जनप्रतिनिधिहरुले बुझदाँ आफूहरुवाट त्रुटि नभएको जिकीर गरिआएका छन्।
पठाएको रकममा पनि ठगी
यसैगरि चार महिना अघि कमल ५ कै व्यवसायी गोविन्द खनालले आफना पार्टीलाई पठाएको रकममा समेत त्यसरी गडबड गरेको र पछि सुधार गरेको बताएका छन्। लगनशील कृषि सहकारी संस्थाका उपाध्यक्ष समेत रहेका खनालले ३ लाख रकम पठाएकोमा २ लाख मात्र सम्बन्धित व्यक्तिलाई पठाएपछि त्यस्तो ठगी प्रयास भेटिएको दावी गरेका छन्। तर लगतै पठाएको रकमको भौचरसहित बैंकमा बुझदा गल्ती भएको भन्दै त्यसलाई नर्चकाउन आग्रह गरि थप १ लाखको पुनः भौचर भरेर रकम पठाएको खनालले वताएका छन्। एउटा सामान्य मानिस भएको भए त्यो लाख रकम स्वाहा हुने उनले वताए। यस्ता गल्तीवाट बैंकले पाठ सिक्नु पर्ने आग्रह गर्दे उनले भने , –‘ बैंकमा पैसा जम्मा गर्दा र निकाल्दा आफूपनि सजक हुनुपर्छ, वैकको मात्र भरोसा गर्नुहुदैन्।’
त्रुटि छैन , जे गरे गरः बैक
यता बैकका अधिकारीले भने त्यस चेक प्रकरणमा रकम गडबडमा आफना कर्मचारीबाट त्रुटि नभएको जिकीर गरिआएका छन्। वैकका सिद्धीमार्केट शाखाका प्रवन्धक तीर्थ प्रधानले उक्त चेक प्रकरणमा आफनो कर्मचारीको त्रुटि नभएको दावी गरे। त्यसवारे सञ्चारमाध्यमसंग बोल्न नचाहेको श्रेष्ठले बैकको कुनै त्रुटि नभएको भन्दै घुमाउरो तरिकाले कानुन अनुसार जे गर्न चुनौती दिएका छन्। दमकमा सिद्धीमार्केटसहित दमकको फाल्गुनन्द चौक र क्याम्पसमोडमा थप शाखा सञ्चालित छन्।