काठमाडौं– फेसप्याक लगाउन हामी प्रायजसो ब्युटिसियनकहाँ पुग्छौं। तर, यसलाई घरमै बसेर पनि लगाउन सकिन्छ। घरमै लगाउने यस्ता प्याक हामीले विभिन्न फलफुलको प्रयोग गरी बनाउँन सक्छौं। फेसप्याक छालाको प्रकार र समस्या अनुसार छनौट गर्नुपर्दछ।
प्रायः फलफुल सबै खान हुने भएकाले कुनै साइडइफेक्ट गर्दैन। यसलाई साताको दुइ–तीन पटक प्रयोग गर्न सकिन्छ। घरमा तयार पारिएको यस्ता लेप अनुहारमा लगाएर २०–३० मिनेटका लागि फेसमा राखेर समय भएपछि सादा पानीले धुनुपर्छ।
होम फेसप्याक बनाउने केही टिप्सहरुः
– आधा चम्चा महमा एक चम्चा दुधको तर अथवा काँचो दुध र बदामको पेष्ट मिसाएर प्याक बनाई लगाउने र मनतातो पानीे धुनाले सुख्खा छालाका लागि फाइदा हुन्छ।
– काँक्रो अथवा गाँजरको रसमा एकदेखि दुई चम्चा अण्डाको पहेंलो भाग र आधा चम्चा मह मिसाएर फेसप्याक लगाउनाले नर्मल छालाका लागि राम्रो हुन्छ, पुदिना र तुल्सी मिसाएर प्याक लगाउँदा पनि छालाका लागि फाइदा हुन्छ।
– एक चम्चा ओलिभ आयलमा दुई चम्चा दुधको तर मिसाएर अनुहारमा लगाई २० मिनेट छाडिदिने र मनतातो पानीले धोएमा सुख्खा छालाका लागि फाइदा हुन्छ, अण्डाको सेतो भागमा २–४ थोपा कागतीको रस मिसाई प्याक लगाउनाले ओइली छाला (तैलीय छाला) लाई राम्रो हुन्छ।
– आवश्यकता अनुसार मुल्तानी माटोमा एक चम्चा गोलभेंडाको रस र ३–४ थोपा कागतीको रस मिसाएर प्याक लगाउँदा तैलीय छालालाई फाइदा हुन्छ, अण्डाको सेतो भागमा एक चम्चा पाउडर दुध र काँक्रो मिसाएर पेष्ट बनाउने र प्याकको रुपमा प्रयोग गरी मनतातो पानीले धुनाले छालामा चमक आउँछ।
– अण्डाको पहेंलो भागमा एक चम्चा जैतुनको तेल, ३–४ थोपा कागतीको रस १–४ चम्चा मह, २–३ चम्चा गहुँको पिठो, २–३ चम्चा पाउडर दुध मिसाएर प्याक तयार गर्ने र लगाएपछि सुख्खा छालाका लागि १० मिनेट, सामान्य छालाका लागि १५ मिनेट र तैलीय छालाका लागि २० मिनेट राखी धुनुपर्छ।