काठमाडौं — गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले नेपाली भूमिमा चीनविरुद्धको गतिविधि हुन नदिने बताएका छन्।
चीन भ्रमणमा रहेका थापाले चीनका सार्वजनिक सुरक्षा मन्त्री झाओ केजीसँग भेटवार्ता गर्दै उनले नेपालको सामाजिक तथा आर्थिक विकासमा चिनियाँ पक्षको सहयोगका लागि धन्यवाद व्यक्ति गरेका छन्।
भेटका क्रममा दुई नेताबीच सीमालाई सुरक्षित राख्नका लागि दुई देशको कानून कार्यान्वयन गर्ने निकायबीच सहयोग र समन्वय बढाउने विषयमा पनि सहमति भएको जनाईएको छ।
भेटवार्तामा चीनका लागि नेपाली राजदूत लीलामणि पौड्यालसहित अन्य उच्च अधिकारी सहमति थिए। थापा २५ पुसमा नेपाल फर्किने छन्।