काठमाडौं– सुजुकी फोर ह्विलरले आउँदो पुस २३ देखि २५ गतेसम्म विन्टर फ्री सर्भिस क्याम्प को आयोजना गर्ने भएको छ। सर्भिस क्याम्प अवधिभरी सुजुकी ग्राहकले गाडीको सर्भिसमा आकर्षक छुट र अन्य अफर पाउन सक्ने कम्पनीले जनाएको छ।
सर्भिस क्याम्पमा निशुल्क एसी चेक, ब्याट्री चेक, ओभरअल चेकअप र निशुल्क कार वास सुविधाको व्यवस्था गरिएको छ। साथै एस डिटी डायग्नोसिसमा ग्राहकले ५० प्रतिशतसम्म छुट पाउन सक्छन्।
यो अवधिमा सुजुकी ग्राहकका लागि स्पेयर पार्टस, इन्जिन ओयल, एसोसरिज र ह्वील एलाइनमेन्टमा १० प्रतिशत छुटको व्यवस्था गरिएको छ। नेपाल भरीका सबै सुजुकी सेन्टरमा सुजुकीको विन्टर फ्रि सर्भिस क्याम्प उपलब्ध छ। ३९ सर्भिस आउटलेट रहेको सुजुकीसँग नेपालको ठूलो सर्भिस सञ्जाल छ।