काठमाडौं– आज(मंगलबार)देखि भारतको जीएफएसयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अधिकारीहरुलाई भ्रष्टाचारविरुद्धको विशेष तालिम दिइएको छ।
गुजरातको गान्धीनगरस्थित गुजरात फरेन्सिक साइन्सेस युनिभर्सिटी (जीएफएसयू) मा एकाईस जना अधिकारीहरुको दोस्रो ब्याचले ‘ठगी, घुसखोरी र भ्रष्टाचार निवारण’ विषयमा आजदेखि तालिम सुरु गरेका हुन्। यसअघि अख्तियारकै २१ जना अधिकारीहरुको पहिलो ब्याचले मंसिर ३० गतेदेखि पुस ५ गतेसम्म सोही विषयमा प्रशिक्षण लिएका थिए।
युनिभर्सिटीको अनुसार नेपाल सरकारकै अनुरोधमा अख्तियारका कुल ४२ जना अधिकारीका लागि विशेष कोर्ष बनाएर तालिम सञ्चालन गरिएको हो। भ्रष्टाचारका कारकहरुको पहिचान, अर्थतन्त्रमा यसको प्रभाव तथा यसको पहिचान र रोकथामका लागि प्रयोग हुने विधिहरुमा यो कोर्ष केन्द्रित छ।
यस तालिमबाट नेपालमा भ्रष्टाचारका गतिविधिहरुमा अंकुश लगाउन एवं सुशासन कायम राख्न सघाउने विश्वास गरिएको छ। भारत सरकारको पूर्णसहयोग रहेको सो कोर्ष भारतीय विदेश मन्त्रालयको प्राविधिक तथा आर्थिक सहयोग (आईटीईसी) कार्यक्रमअन्तर्गत छ।