काठमाडौं– नेपाली बजारमा तरकारीको भाउ ठूलो गोलभेँडा र भिण्डीको भाउ बढेको छ। सोमबारको तुलनामा मंगलबार भिण्डी २० रुपैयाँले बढेको छ।
कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले ठूलो गोलभेँडा १० रुपैयाँले बढेर प्रतिकिलो ८५ देखि ९० रुपैयाँ पुगेको जनाएका छन्।
त्यसैगरि सानो गोलभेँडा ३५ देखि ४०, रातो आलु ४८ देखि ५० रुपैयाँले बढेको छ।
भारतीय सुकेको प्याज १२५ देखि १३० र चाइनिज सुकेको प्याज ९५ देखि १०० रुपैयाँ प्रतिकिलो भएको समितिले जानकारी दिए।
यस्तै काउली ६५ देखि ७० र भन्टा ७५ देखि ८० रुपैयाँ प्रतिकिलोमा किनबेच भइरहेको छ।
मटरकोसा ५५ देखि ६०, घिउसिमी १५ रुपैयाँ सस्तो भएर ६५ देखि ७० र च्याउ ८० देखि ९० रुपैयाँ केजिमा बिक्री भइरहेको छ।