काठमाडौं– सीमी खानमा जतिनै स्वादिष्ट हुन्छ त्यतिनै शरीरका लागि चाहिने पौष्टिक तत्व पनि प्राप्त हुन्छ। यसमा प्रशस्त मात्रामा प्रोटिन पाइन्छ। सीमीको नियमित सेवनले शरीरलाई निकै फाइदा गर्छ।
– सिमीको नियमित सेवनले महिलाहरुमा हुने स्तन क्यान्सरबाट सुरक्षित राख्छ, सिमीमा कोलेष्टेरोल कम गर्ने फाइबर हुन्छ। सिमीको सेवनले ब्लड शुगरको लेवल कम गर्न मद्दत गर्छ साथै मधुमेहका बिरामीका लागि लाभदायी हुन्छ।
– सिमीको तरकारी नियमित रुपमा सेवन गर्नाले रगत सफा गर्नुका साथै त्वचा सम्बन्धी समस्या समाधान गर्न मद्दत गर्छ, सिमीमा म्याग्नेशियमको मात्रा हुन्छ जसले मुटु सम्बन्धी समस्या निम्त्याउन दिदैन र स्वस्थ राख्नमा मद्दत गर्छ।
– सिमीको सेवनले शरीरमा उर्जा तथा शक्ति पैदा गर्छ, सिमीमा प्रशस्त मात्रामा आइरन हुन्छ जसले शरीरमा आइरनको कमी हुनबाट जोगाउँछ, सिमीमा भिटमिन ए, बी६, थाइमिन, पैथोथेनिक एसिड तथा नियासिन हुन्छ जुन शरीरका लागि लाभदायी हुन्छ।