काठमाडौं– ‘भँगेरी चरी’ र ‘पिँडालु’ को अपार सफलतापछि लोकप्रिय गायक तथा सर्जक तेजस रेग्मी अहिलेका व्यस्त र सफल कलाकार हुन्। उनका सृजनाले अहिले बजारमा चर्चा पाईरहेका छन्। केही समय अगाडि बजारमा आएको उनको ‘छोटो कपाल’ गीतले पनि राम्रै चर्चा पायो। भर्खरै मात्र तेजसको लय र नवराज पन्तको शब्दमा ‘आँखी गाजल’ गीत बजारमा आएको छ। यो गीतमा पनि तेजसलाई गायिका बिष्णु माझीले साथ दिएकी छिन्।

१ लाख पारिश्रमिक लिएर गीत गाउँने यी गायिकाका पछिल्लो समय गीतहरु त्यति सफल छैनन्। उनका प्राय गीतहरु उस्तै ढाँचामा आउँन थालेपछि दर्शकहरुलाई वाक्क लाग्न सक्छ। त्यसैले उनले आवाज दिएका गीतहरु भन्दैमा चर्चा नपाउँने देखिन्छ। एकदमै क्याची थेगो बनाउँने तेजसले यो गीतमा घुमाउरो थेगो बनाएका छन्। बर काटेमा चोप, खर काटेमा बैमानी बर काटेमा चोप आँखी गाजल चस्माले नछोप लोक गीतमा अलि क्याची थेगो भएन कि? गीतको म्यूजिक भिडियोमा मरिष्का पोखरेल र रक्षा .श्रेष्ठ त्यसैगरी नरेन खड्का र कविर खड्कालाई फिचरिङ् गरिएको छ, शिव विकले राम्रो निर्देशन गरेका छन्। मायालु ईन्टरटेन्मेट बाट बजारमा उपलब्ध छ।
https://www.youtube.com/watch?v=YUtEbEsWfGo